सुनसरी । सप्तकोशी नदीमा शुक्रबार खसेको मालवाहक ट्रक एक दिनपछि निकालिएको छ । शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे. १ ख ३००७ नम्बरको मालवाहक ट्रक शनिबार निकालिएको हो ।

 

क्रेनको सहयोगमा नदीबाट ट्रक निकालिएको हो । ट्रक निकाल्ने क्रममा करिब २ घण्टा ब्यारेज पुलमा आवागमन रोकिएको थियो । सप्तरी र सुनसरीको सीमा छुट्याउने कोशी ब्यारेजको पुलको १० नम्बर ढोकाअगाडि ट्रक सप्तकोशी नदीमा खसेको थियो ।

 

ट्रकमा सवार तीन जनालाई सकुशल उद्धार गरिएको थियो । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे. १ ख १७६५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ट्रक एकआपसमा ठोक्किँदा ट्रक नदीमा खसेको थियो ।