इलाम । इलामको सूर्योदय नगरपालिका ६ स्थित कन्यामबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरुमा समालबुङका २१ वर्षीय प्रशिस खड्का र कन्यामका २५ वर्षीय समिर तामाङ रहेको इलाम प्रहरीले जनाएको छ ।

 

 

मेची राजमार्गमा बा २१ च ७९७१ नम्बरको कार चालक प्रशिस खड्कालाई चेकजाँच गर्दा ३ ग्राम ३८० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनीहरुलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतिगनरमा राखिएको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।