इलाम । इलामको चुलाचुली गाउँपालिका २ मा कटान रोक्न बाँसको पाइलिङ गरिएको छ । चुलाचुली गाउँपालिका २ बुडिझोला टोल छत्तरे गाउँमा बाँसको पाइलिङ गर्ने काम सम्पन्न भएको हो ।

 

बर्खामा आउने बाढी गाउँमा पस्न थालेपछि नदी नियन्त्रणका लागि बाँसको पाइलिङ गरिएको चुलाचुली गाउँपालिकाका २ नम्बर वडाका अध्यक्ष लक्ष्मण श्रेष्ठले जानकारी दिए । वडाध्यक्ष श्रेष्ठको नेतृत्व र स्थानीय उपभोक्ताको सहयोगमा बाँस पाइलिङ तटबन्धन गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए ।

 

उनले तत्कालका लागि बाढीले पुर्‍याउने क्षति नियन्त्रण गर्न बाँसको पाइलिङ प्रभावकारी देखिएको बताए । चुलाचुली २ मा बर्खाको समयमा स्थानीय खोलाले कटान गरी क्षति गर्दै आएको छ ।