बिर्तामोड । झापा शिवसताक्षी नगरपालिकाको एक औषधि पसलबाट प्रतिबन्धित औषधि ठुलो परिमाणमा बरामद गरिएको छ ।
स्वास्थ्य कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेको टोलीले शिवसताक्षी ७ स्थित व्याङ्गडाँडामा सञ्चालित मेडिकल हलबाट प्रतिबन्धित औषिध ठूलो परिमाणमा बरामद गरेको हो ।
मेडिकलमा चेक जाँचका क्रममा ९ हजार ९३० थान प्रतिबन्धित ट्रामाडोल औषधि लुकाएर राखेको अवस्थामा फेला परेको स्वास्थ्य कार्यालय झापाका फार्मेसी प्रमुख रमेश बारकोटीले जानकारी दिए ।
उनले यो औषधि नेपालमा बेचविखन गर्न रोक लगाइएको बताए । उनका अनुसार यस्ता प्रतिबन्धित औषधिहरु पछिल्लो समय लागुऔषधको रुपमा प्रयोग भइरहेको जानकारी दिए ।
उनले भने, जिल्ला स्वास्थ कार्यालयले यस्ता औषधिहरु झापाका विभिन्न स्थानबाट बरामद गर्दै आएको छ । सोही मेडिकलबाट अन्य नेपालमा दर्ता नभएका औषधिहरु पनि फेला परेको छ ।’