झापा । साविक पृथ्वीनगर ४, हाल भद्रपुर २ की संगिता जोगी प्रधान बहुविवाह मुद्दामा पक्राउ परेकी छिन् । उनलाई जिल्ला कारागार चलान गरिएको छ ।
सम्मानित जिल्ला अदालतले २०७१ पुस ७ गते बहुविवाह मुद्दामा सजाय तोकेपछि ३२ वर्षीया जोगी फरार थिइन् । उनलाई जिल्ला प्रहरी कार्यालय झापाको टोलीले शनिबार पक्राउ गरेको हो ।
फैसला कार्यान्वयनका लागि आइतबर झापा जिल्ला अदालतमा उपस्थित गराइएपछि कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको झापा प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिएका छन् ।