झापा । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित मेचीनगरका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर ६ का बसन्त राई रहेका छन् ।

 

हिजो बिहान ११ः४५ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं ६ तुर्केनीमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो ।

 

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मेचीनगर वडा नं ६ बद्री टोल बस्ने ३२ वर्षीय राईलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ८०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।