झापा । सोमबार साँझ अन्दाजी ७ः२० बजेको समयमा झापामा भएको सवारी दुर्घटनामा परी सुरुङ्गास्थित एक निजी विद्यालयका प्रिन्सिपलको निधन भएको छ । प्रहरीका अनुसार प्यारागन एकाडेमीका प्रिन्सिपल डिआर सुवेदीको निधन भएको हो ।

 

झापा कनकाई ८ सितल चोकस्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ च ३२४८ नम्बरको बोलेरो गाडी र बिपरीत दिशातर्फ जादै गरेको प्र १-०१-०१३ प १४१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

 

दुर्घटनामा परी मोटरसाइकल चालक कनकाई ४ बस्ने वर्ष ५४ को देवराज सुवेदी गम्भीर घाइते भएका थिए । उनको उपचारका लागि बिर्तामोडको बिएण्डसी अस्पताल पठाइएकोमा अस्पताल पुर्याउना साथ डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार सुवेदीको शव अस्पतालमै रहेको छ भने दुवै सवारीसाधन र बोलेरो चालक पाँचथर हिलिहाङ ७ का ३७ वर्षीय होमप्रसाद सेन्चुरी ईप्रका अनारमनीको नियन्त्रणमा रहेका छन् ।