झापा । डेंगु संक्रमणबाट इलामकी एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार ४ वर्षीया बालिकाको उपचारका क्रममा मृत्यु भएको हो ।

 

इलामको रोङ गाउँपालिका ३ निवासी ददिराम राईकी ४ वर्षीया छोरी निहान राईको डेंगु संक्रमणबाट बुधबार मृत्यु भएको हो । भदौ ३० गते ११ बजे राति उनलाई उपचारका लागि झापा ल्याइएको थियो ।

 

झापाको बिर्तामोडस्थित बिएन्डसी हस्पिटलमा उनको उपचारका क्रममा बुधबार मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।