शनिश्चरे । अर्जुनधारा नगरपालिकाको शनिश्चरे अस्पताल व्यवस्थापन समितिको आकस्मिक बैठक केहीबेरमा बस्दैछ । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेत र अस्पतालकी एक महिला कर्मचारीसँगको भिडिओ सार्वजनिक भएसँगै आकस्मिक बैठक बोलाइएको हो ।

 

नगरमा कार्यरत सिनियर अहेब (अधिकृत) बस्नेतलाई नगरकै अस्पतालमा कार्यरत घिमिरे थरकी एक महिला कर्मचारीसँग बस्नेतकी श्रीमतीले नै जंगलमा भेटेपछि घटना सार्वजनिक भएको हो । घटना सार्वजनिक भएपछि नगर प्रमुख बलदेवसिंह गोम्देनको निर्देशनमा अस्पताल व्यवस्थापन समितिको बैठक बोलाइएको बताइएको छ ।

 

बस्नेतकी श्रीमतीले ती महिला कर्मचारी लिएर हिँडेको थाहा पाएसँगै पछ्याएको र उनीहरुलाई जंगलमा भेटेपछिको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

 

अस्पतालमा कार्यरत महिला कर्मचारीसँग बस्नेत कार्यालयको पोशाकमै देखिएको भिडियो सार्वजनिक भएको छ। भिडिओमा बस्नेतकी श्रीमतीले बस्नेतलाई गालीगलौज गर्दै लछारेको देख्न सकिन्छ ।

 

घटना सार्वजनिक भएसँगै नगरपालिका, स्वास्थ्य शाखा, शनिश्चरे अस्पताल र स्वास्थ्यकर्मीकाे सर्वत्र आलाेचना भएकाे छ ।