एजेन्सी । इजरायलमा ज्यान गुमाएका १० जना विद्यार्थीको शव ल्याउन केही ढिलाइ हुने भएको छ ।

 

इजरायल सरकारले युद्धको घोषणा गरेको अवस्थामा शव हस्तान्तरणको विभिन्न कानुनी प्रक्रिया रहेकाले उनीहरुको शव तत्काल ल्याउन ढिलाइ हुने भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार शवलाई इजरायली सरकारको संरक्षणमा सुरक्षित रुपमा राखिएको छ।

 

जतिसक्दो छिटो नेपाल ल्याउने गरी आवश्यक समन्वय गरिरहेका पनि उनले बताइन् । इजरायल सरकारबाट शव हस्तान्तरणको प्रक्रिया समाप्त हुने बित्तिकै शव नेपाल ल्याइ परिवारलाई बुझाइने उनले बताइन् ।