बिर्तामोड । झापाको मेचीनगरमा प्रहरीले अवैध काठ र ट्रयाक्टरसहित चालकलाई पक्राउ गरेको छ । प्रहरीले २१० क्युफिट गोलियासहित चालक पक्राउ गरेको हो ।
हिजो (शनिबार) बिहान ११ः३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नम्बर ७ जोरसिमलस्थित पूर्व पश्चिम राजमार्गमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदैं गरेको प्रदेश १-०१-००१ त ८९४७ नम्बरको ट्रयाक्टरलाई चेकजाँच गर्दा अवैध रुपमा लोड भएको चिलाउने जातको गोलिया काठ १४० थान (अन्दाजी २१० क्युफिट) बरामद भएको थियो ।
सो काठसहितको ट्रयाक्टर र त्यसका चालक मेचीनगर नगरपालिका ३ बस्ने २८ वर्षीय डिकविर प्रधानलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि डिभिजन वन कार्यालय चन्द्रगढीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।