बिर्तामोड । गत बिहीबार झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेतको कार्यक्रममा भएको गाडी तोडफोडको घटनामा संलग्न भएको आरोपमा अर्का एकजना पक्राउ परेका छन् ।

 

प्रहरीले बिर्तामाेडका विजय चौधरीलाई पक्राउ गरेको हो । उनलाई सोमबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए । यसअघि घटना भएकै दिन विक्रम लिम्बू पक्राउ परेका थिए ।

 

कार्यक्रम भएको दिन अर्जुनधारामा २१ वटा सवारीसाधनमा तोडफोड भएको थियो । १३ वटा चारचक्के र ८ वटा दुई चक्के सवारीसाधनमा क्षति पुगेकाले क्षतिपूर्तिको मागसहित दोषीलाई मुलुकी अपराध संहिता २०७४ को दफा २८५ बमोजिम कार्वाही गर्नुपर्ने पीडितहरुले उजुरी दिएका छन् ।