झापा । तिहारमा झापाका विभिन्न स्थानमा आगलागी भएको छ । यसक्रममा आज बिहान झापा गाउँपालिका वडा नं ६ हनुमान चौकपूर्व राजन मण्डलको घरमा आगलागी भएको छ ।

 

बिहान ४ः४५ बजे विद्युतद्वारा आगलागी भएको हो । घटनामा अन्न, लताकपडा, कागजपत्रलगायत सम्पूर्ण सामान पूर्ण रुपले जलेर नष्ट भएको छ । तिहारको झिलिमिली बत्तीका कारण आगलागी भएको अनुमान गरिएको छ ।

 

त्यस्तै, हिजो दमक ५ मोडल क्याम्पस पछाडि परालमा आगलागी भएको थियो । तिहारको बेला सचेततापूर्वक बिजुली प्रयोग नगर्दा र पटाका पड्काउँदा आगलागी हुने गरेको छ ।