बिर्तामोड । बिर्तामोडका शिक्षासेवी तथा समाजसेवी नरेशमान धिमालको निधन भएको छ । बिर्तामोड ५ निवासी करिव ६५ वर्षीय धिमालको उच्च रक्तचापका कारण बीएण्डसी हस्पिटलमा उपचारका क्रममा आज बिहान ११ः३० बजे निधन भएको हो ।

 

टावर टेम्पल स्कूलका संस्थापक धिमाल, धिमाल जाति विकास केन्द्र, गौरवशाली बचत तथा ऋण सहकारी संस्थालगायतका विभिन्न संस्थाहरुमा आवद्ध रहेका थिए । उनका श्रीमती, वीरता जेसीजका पूर्व अध्यक्ष राजीव धिमालसहित दुई छोरा, दुई बुहारी, दुई छोरी रहेका छन् ।

 

उनको कात्तिक ३० गते बिहान ९ बजे चारआली जंगल परिसरमा जातीय परम्पराअनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ ।