कुटीडाँडा, (इलाम) । इलामको रोङ गाउँपालिकाको अर्याल चोक नजिकै यात्रुवाहक बस दुर्घटना भएको छ । ४० जना यात्रु सवार बस सडकदेखि करिब ३ सय मिटर तल झरेको बताइएको छ । दुर्घटना ५:१५ बजेतिर भएको हो ।

 

धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको हो । दुर्घटनामा १ बालकको मृत्यु भएको बताइएको छ । इलामका प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले अन्दाजी ९-१० वर्षको बालकको मृत्यु भएको बताए ।

 

धनुषाबाट भ्रमणमा आएको ना ४ ख ८४२४ नम्बरको बस दुर्घटना भएको हो । मृतकको संख्या बढ्न सक्ने स्थानीय पत्रकार शम्भुजित दाहालले न्यूज सञ्जाललाई जानकारी दिए ।

 

अन्य कति जना यात्रु गम्भीर र कति सामान्य घाइते भएका छन् भन्ने खुलेको छैन । उद्दार कार्य जारी छ । केही घाइतेको उद्दार गरी झापाका विभिनन अस्पताल पठाइएको छ । विस्तृत विवरण आउन बाँकी छ ।