अर्जुनधारा । झापा अर्जुनधाराको शनिश्चरे बहुमुखी क्याम्पसमा आज आयोजना गरिएको रक्तदानमा २७ पिन्ट रगत संकलन भएको छ ।
युवा रेडक्रस सर्कल शनिश्चरे बहुमुखी क्याम्पसको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी अर्जुनधाराको सहकार्यमा रहेको रक्तदानमा ६ जना छात्रासहित २७ जनाले रक्तदान गरेका थिए ।
‘रगत दिएर मरिन्न, रगत नपाएर मरिन्छ’ भन्ने सन्देशसहित आयोजना गरिएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग रहेको अर्जुनधारा रेडक्रसका सचिव कमल पोख्रेलले जानकारी दिए ।