झापा । झापामा दुईजना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा वन पैदावार हानी नोक्सानी र चोरी मुद्दाका दोषी रहेका छन् ।

 

गत बैशाख १६ गतेको झापा जिल्ला अदालतको फैसलाअनुसार वन पैदावार हानी नोक्सानी मुद्दामा दमक नगरपालिका ३ बस्ने ३१ वर्षीय कुमार भन्ने देउकुमार सुब्बालाई १५ दिन कैद र ७ हजार ८०५ रुपैयाँ जरिवाना तोकिएको थियो ।

 

त्यस्तै २०७८ मंसिर २९ गतेको फैसलाअनुसार चोरी मुद्दामा पाँचथर साविक सुभाङ गाविस ३, हाल हिलिहाङ गाउँपालिका ५ घर भई झापा बुद्धशान्ति गाउँपालिका बस्ने २१ वर्षीय सुमन रणपहेलीलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो । फरार रहेका दुवैलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।