बिर्तामोड । झापा शिवसताक्षी नगरपालिका ५ सालमारबाट २० वर्षीया निशा ताजपुरिया हराएकी छन् । पाँच दिनदेखि सम्पर्कविहीन निशाको खोजी कार्यमा सहयोग गरिदिन परिवारजनले आग्रह गरेको छ ।

 

निशाको बुबा कुवेर ताजपुरियाले छोरीको खोजीकार्यमा सहयोग गरिदिन आग्रह गरेका हुन् । पुस २८ गते घरबाट बिहान ११ बजे साथीको घरमा जन्मदिन मनाउन जाने भन्दै हिँडेकी निशा घर फर्किएकी छैनन् ।

 

इप्रका झिलझिलेमा दिएको हुलियाअनुसार कालो वर्णको साढे ४ फुट उचाई भएकी निशा कालो जिन्स पाइन्ट र ज्याकेट लगाएरबाट घरबाट हिडेको बुवा कुवेरले जानकारी दिए ।

 

उनले कहिँकतै देखेमा ९८२४९६४२६८ मा सम्पर्क गरिदिन आग्रह गरेका छन् । केही दिनअघि सोही वडामा आमाछोरा समेत वेपत्ता भइरहेको वडाध्यक्ष सिकिन पासवानले जानकारी दिए ।