पाँचथर । फिदिम(फालोट सडक खण्डअन्तर्गत फेमेखोला पुलमा टिपर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। फिदिम ११ स्थित नांगिनबाट सदरमुकाम फिदिम बजार आउदै गरेको टिपर बिहीबार दुर्घटना भएको हो ।

 

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ना ८ ख २२६ नम्बरको टिपर अनियन्त्रित भइ सडकदेखि १६ फिट तल खसेको थियो । दुर्घटनामा चालक घनकुटा पाख्रीबासका अशोक रानामगर र फिदिम ११ का प्रताप दर्नाल घाइते भएका छन् ।

 

घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक सुमित कुसवाहले जानकारी दिए ।