शनिश्चरे । यही माघ १० गतेदेखि १२ गतेसम्म अर्जुनधारामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यसवर्ष अर्जुनधारा नगरमा भव्यरुपमा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको छ ।

 

प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक एवम् नगर प्रमुख बलदेवसिंह गोम्देनको अध्यक्षतामा बसेको बैठकले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको मिति तय गरेको हो । प्रतियोगिता शनिश्चरे माविको खेलमैदानमा हुनेछ ।

 

सोही बैठकले अर्जुनधारा ८ का वडाध्यक्ष कुमारप्रसाद उप्रेतीको संयोजकत्वमा सञ्चारकमी सम्मिलित प्रचार प्रसार समिति गठन गरेको छ । जसमा रमेश समदर्शी, अमित खम्बू, राजन साम्पाङ, दिपक ढुंगाना र विष्णु श्रेष्ठ सदस्य छन् ।

 

यसैगरी, शनिश्चरे माविका प्रधानाध्यापक विनोदकुमार गौतमको संयोजकत्वमा आर्थिक उपसमिति गठन गरिएको छ । जसमा राजेश आचार्य, रुद्र खतिवडा, सरिता भट्टराई र दिपक निरौला सदस्य छन् ।

 

यस्तै, महारानीगञ्ज माविका शिक्षक प्रदिप बस्नेतको संयोजकत्वमा प्राविधिक उपसमिति गठन गरिएको छ । जसको सहसंयोजकमा तिलचन अधिकारी, सदस्यहरुमा विष्णुप्रसाद बाँस्कोटा, गोरेलाल प्रधान, चन्द्र लुइँटेल, भवानी गौतम, गंगा भट्टराई, सुरेन्द्र दाहाल, गीता अधिकारी, तुसार श्रेष्ठ, जीवन राई, पूजा खवास, लक्ष्मी राजवंशी र याम खवास रहेका छन् ।

 

अर्जुनधारा नगर क्षेत्रमा ९ वटा सामुदायिक माध्यमिक विद्यालय र १४ वटा संस्थागत माध्यमिक विद्यालय रहेका छन् । यी विद्यालयका छात्रछात्राले विभिन्न खेलमा सहभागिता जनाउने छन् ।

 

एथलेटिक्सका विभिन्न विधाहरु, कबड्डी, भलिबल, कराते, उसु, तेक्वान्दो खेलका प्रतियोगितामा विद्यार्थीले सहभागिता जनाउने मुल आयोजक समितिका सदस्य पुण्यप्रसाद सुवेदीले जानकारी दिए ।