शनिश्चरे । झापाको अर्जुनधारा जेसीजले ६ नम्बर वडामा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा आश्रित फरक क्षमता भएका व्यक्तिलाई लक्षित गरी खाद्यान्न र सेनेटरी सामग्री प्रदान गरेको छ ।
अर्जुनधारा जेसीजका उपाध्यक्ष भीम बरालको जन्मदिनको अवसर पारेर आइतबार केन्द्रमै पुगेर जेसीजका पदाधिकारी, जनप्रतिनिधिले खाद्य सामग्री तथा सेनेटरी वितरण गरेका हुन् ।
अर्जुनधारा जेसीजले सामुदायिक क्षेत्रअन्तर्गत केन्द्रमा रहेका ११ जना विद्यार्थीहरूलाई सहयोग प्रदान गर्ने उद्देश्यले खाद्य तथा सेनेटरी सामग्री सहयोग उपलब्ध गराएका वर्ष २०२४ का अध्यक्ष बसन्त बुढाथोकीले जानकारी दिए ।
वितरण कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा ६ का वडा अध्यक्ष हरिश्चचन्द्र बाँस्तोला थिए । वडाध्यक्ष बाँस्तोलाको समेत आजै जन्मदिन परेको थियो । कार्यक्रममा अर्जुनधारा जेसीजका पूर्वअध्यक्षहरु प्रल्हाद ढुगाना, अजयकुमार देव, टिकाराम गौतम, निवर्तमान अध्यक्ष प्रेम खड्का, शनिश्चरे बहुमुखी क्याम्पसका प्राध्यापक कृष्ण थापा, अर्जुनधारा सरसफाई अभियन्ता विष्णु आर्चायको आतिथ्यता रहेको थियो ।
जेसीजका महासचिव मनोज सिटौलाले सञ्चालन गरेको कार्यक्रमको स्वागत अर्जुनधारा जेसीजका कार्यकारीणी उपाध्यक्ष भवानी बरालले गरेका थिए । जेसीजले यसअघि लक्षित वर्गलाई सहयोग पुर्याउने हेतुले नगरका विभिन्न स्थानमा पुगेर शैक्षिक, आर्थिक, खाद्यान्न सामग्री वितरण गर्दै आएको छ ।