झापा । घुर (आगो) ताप्नेक्रममा जलेर घाइते भएकी झापा बाह्रदशी ५ की एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

 

गत माघ २८ गते घुर ताप्नेक्रममा एकल महिला ५६ वर्षीया कमला राजवंशी जलेर घाइते भएकी थिइन् । कम्मरमुनि जलेर घाइते भएकी कमलालाई उपचारका लागि बिर्तामोडको संजिवनी हस्पिटलमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आज दिउँसो उनको मृत्यु भएको बाह्रदशी ५ का वडाध्यक्ष वीरबहादुर राजवंशीले बताए ।

 

उनले विपन्न अवस्थाकी ती महिलालाई आर्थिक सहयोग गरेर अस्पतालमा उपचार गरिए पनि बचाउन नसकिएको जानकारी दिए । सामान्य व्यापार गर्दै आएकी ती महिला एक्लै बस्दै आएकी थिइन् ।