बिर्तामोड । नेवाः पासा मुना पुच: बिर्तामोडले नेवा समुदायका दुई जना पत्रकारलाई सोमबार सम्मान गरेको छ । संस्थाको ३०औँ साधारणसभामा झापा जिल्लामा क्रियाशील दुई जना नेवा समुदायका पत्रकारलाई सम्मान गरेको हो ।

 

सम्मानित हुनेहरुमा एपी वन टेलिभिजनका विष्णुकुल श्रेष्ठ र जनआन्दोलन डटकमकी जोस्ना श्रेष्ठ रहेकी छिन् । नेवा भाषा र संस्कृति संरक्षणमा सञ्चारको क्षेत्रबाट भूमिका निर्वाह गरेको भन्दै सञ्चार क्षेत्रमा अझ सशक्त बृद्धिको कामनासहित पत्रकारद्वयलाई प्रशंसा पत्रले सम्मान गरिएको संस्थाका अध्यक्ष दिनेश श्रेष्ठले बताए ।

 

भाषाविद् गणेश बज्रचार्यले सम्मानित विष्णु र ज्योस्नालाई प्रशंसापत्र प्रदान गरेका थिए । सोही कार्यक्रममा माया प्रधान र दिनेश श्रेष्ठलाई पनि प्रमुख अतिथि बज्रचार्यबाट प्रशंसापत्र प्रदान गरिएको थियो ।