खुदुनाबारी (झापा) । राष्ट्रिय जनमुक्ति पार्टीकी महिला नेतृ मिना पन्धाकको निधन भएको छ । झापा अर्जुनधारा ३ मा आज दिउँसो उनको निधन भएको हो ।

 

पार्टीकी पूर्व उपाध्यक्ष तथा संघीय परिषद् सदस्य पन्धाक दुई वर्षदेखि पाठेघरको मुखको क्यान्सर रोगसँग लडिरहेकी थिइन् । पन्धाकको निधनले पार्टीमा अपूरणीय क्षति पुगेको केन्द्रीय अध्यक्ष केपी पालुङवाले सामाजिक सञ्जालमा व्यक्त गरेका छन् ।

 

सामाजिक संघसंस्थासँगै राजनीतिक क्षेत्रमा पहिचानवादीको मोर्चामा अग्रणी भूमिका निर्वाह गर्दै आएकी पन्धाक लामो समयदेखि जनमुक्ति पार्टीमा आवद्ध थिइन् ।

 

६७ वर्षीया पन्धाकको भोलि (सोमबार) ११ बजे स्थानीय सुखानी घाटमा अन्त्येष्टि गरिने अर्जुनधारा ३ नम्बर वडाका सचिव तथा आफन्त खगेन्द्र लिङदेनले जानकारी दिए ।