बिर्तामोड । झापाको बिर्तामोडमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । शनिबार राति १०ः३० बजेको समयमा बालकलाई कारले ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार बिर्तामोडको मुक्तिचोकमा चारपानेबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र.१-००१-००२ च १९० नम्बरको कारले पैदलयात्री अर्जुनधारा नगरपालिका वडा नम्बर १२ बस्ने गोपाल रोकाका ११ वर्षीय छोरा सन्तोष रोकालाई ठक्कर दिएको हो ।
टाउको र दुबै हातखुट्टामा चोट लागेर गम्भीर घाइते भएका बालकलाई उपचारका लागि बीएण्डसी हस्पिटल लगिएकोमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुर्घटनापछि कार चालक मेचीनगर नगरपालिका वडा नम्बर १ बस्ने २६ वर्षीय रोनस परियारलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।