बिर्तामोड । झापामा हात्तीपाइले रोगविरुद्ध आम औषधि खुवाउने अभियान चलिरहेको बेला बिर्तामोडमा तीन जना नयाँ रोगी भेटिएका छन् । बिर्तामोड नगरपालिका ५ मा मंगलबार तीन जना हात्तीपाइलेका रोगी भेटिएका हुन् ।

 

दुई जना पुरुष र एक जना महिलामा हात्तीपाइलेको लक्षण देखिएको बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव दीपक सापकोटाले जानकारी दिए । यसअघि गतवर्ष बिर्तामोड १ मा एक जनामा हात्तीपाइलेको लक्षण देखिएको थियो ।

 

झापासहित सात जिल्लामा वैशाख १६ देखि ३० गतेसम्म आम औषधि खुवाउने कार्यक्रम चलिरहेको छ । त्यस क्रममा नयाँ रोगी फेला परेका हुन् । झापामा गतवर्ष करिब १४१ जना हात्तीपाइलेका रोगी रहेका थिए । यस वर्ष निकै बिरामी थपिने अनुमान गरिएको छ ।