
झापा । काफ्ले समाज जिल्ला कार्यसमिति झापाको अध्यक्षमा गोपाल काफ्ले पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न समाजको दोस्रो जिल्ला सम्मेलनबाट उनी पुनः निर्विरोध भएका हुन् ।
आगामी २ वर्षे कार्यकालका लागि गोपाल काफ्लेको नेतृत्वमा १७ सदस्यीय समिति सर्वसम्मत चयन गरेको अध्यक्ष मण्डलका अध्यक्ष तोयानाथ काफ्लेले बताए ।
त्यस्तै, उपाध्यक्षमा यामनाथ काफ्ले, महिला उपाध्यक्षमा सीतादेवी काफ्ले, सहसचिवमा रोहित काफ्ले र कोषाध्यक्षमा रमेशकुमार काफ्ले निर्वाचित भएका छन् । उपाध्यक्ष यामनाथ र कोषाध्यक्ष रमेश पनि सोही पदमा निर्विरोध दोहोरिएका हुन् ।
यसैगरी, सदस्यहरुमा दुर्गा काफ्ले, कमल काफ्ले, प्रेम काफ्ले, होमनाथ काफ्ले, सुनिता काफ्ले, दुर्गाकुमारी काफ्ले, प्रकाश काफ्ले, टुम्मनाथ काफ्ले, हेमराज काफ्ले र बासुदेव काफ्ले निर्वाचित भएका छन् ।
समाजको कोशी प्रदेश उपाध्यक्षसमेत रहेकी निर्वाचन समितिकी सदस्य दुर्गा खनाल (काफ्ले)ले निर्वाचित सबैलाई पद तथा गोपनियताको शपथ खुवाएकी थिइन् ।
यसैबीच, सम्मेलनको सन्दर्भ पारेर बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित निःशुल्क आँखा स्वास्थ्य शिविरमा ४७ जनाले आँखा जँचाएका थिए । त्यसक्रममा १ जनामा मोतिया विन्दू फेला परेको, १२ जनामा दृष्टिदोष लगायत समस्या देखिएको दृष्टिरोग विशेषज्ञ गणेश खड्काले जानकारी दिए ।
यसैगरी, साेही कार्यक्रममा उत्कृष्ट विद्यार्थी, ज्येष्ठ सदस्य, वंशावली प्रकाशनमा सहयाेग पुराउने व्यक्तित्वलगायतलाई सम्मान, मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।