![](https://i0.wp.com/newssanjal.com/wp-content/uploads/2024/06/Bank-kasur.jpg?fit=960%2C640&ssl=1)
झापा । बैंकिङ कसुर मुद्दामा फरार रहेका झापा कनकाई नगरपालिकाका एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।
झापा जिल्ला अदालतको २०८० साल चैत १४ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा फरार रहेका कनकाई नगरपालिका ५ का विष्णुकुमार पाँचकोटी दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।
अदालतको फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज जेठ २७ गते पक्राउ गरी झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको जनाइएको छ ।
अदालतको आदेशअनुसार ४० वर्षीय दर्जीलाई १ महिना कैद र १६ लाख जरिवाना तथा पीडित राहत कोषमा ६४ हजार जम्मा गर्नुपर्ने उल्लेख छ ।