झापा । करिब तीन साताअघि बिर्तामोडमा चक्कु प्रहार गरी फरार रहेका बरुण धिमाल पक्राउ परेका छन् । फरार रहेका धिमाललाई खोजतलास गर्ने क्रममा आइतबार बुद्धशान्ति ३ स्थित पुलचौकबाट पक्राउ गरिएको हो ।

 

जेठ ६ गते राति ८ः३० बजेको समयमा बुद्धशान्ति ३ घर भई बिर्तामोड ३ स्थित विनिता ढकालको घरमा डेरा गरी बस्ने २८ वर्षीय धिमालले सुनसरी साविक इटहरी ८ घर भई सोही घरमा डेरा गरी बस्ने वर्ष अन्दाजी ७० का काशीनाथ गौतमलाई पेट र शरीरको विभिन्न भागमा तरकारी काट्ने चक्कुले प्रहार गरी घाइते बनाई फरार भएका थिए ।

 

धिमाललाई झापा जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।