बिर्तामोड । पूर्व शिक्षक तथा पुराना पत्रकार नेत्र पाठकको निधन भएको छ । बिर्तामोड ४ निवासी पाठकको ७२ वर्षको उमेरमा आज बिहान ९ः३० बजे निधन भएको हो ।

 

उनी लामो समयदेखि अस्वस्थ्य रहेका थिए । नेपाल शिक्षक संगठनको नेतृत्वदायी भूमिकामा रहेका पाठकले पत्रकारिता पनि गरेका थिए । उनी प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष हुन् ।

 

पाठकले लामो समय शिक्षण गर्नुको साथै उनी नेपाल शिक्षक संगठनको नेतृत्वदायी भूमिकामा रहेका थिए । दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रेनको नशासँग सम्बन्धित समस्याको उपचार गर्दै आएका पाठक तीन वर्षदेखि घरमा आराम गरिरहेका थिए ।

 

बिर्तामोड-४ मेथीबारी टोलमा बस्दै आएका पाठकका पत्नी सीता पाठक, छोरा विज्ञान, बुहारी हिमा, छोरी एलिजा र एक नाति रहेका छन् ।