विराटनगर । भारतबाट लागुऔषध खैरो हिरोइन भित्र्याउने दुई जनालाई इलाका प्रहरी कार्यालय रङ्गेलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रङ्गेली ४ स्थित चोप्राहाका ३५ वर्षीय भुवनेश्वरप्रसाद साह र रङ्गेली ९ का २५ वर्षीय सागर यादव छन् ।

 

इलाका प्रहरी रङ्गेलीका प्रहरी निरीक्षक सन्तोष खड्काका अनुसार उनीहरूलाई भारतबाट सिमावर्ती चोप्राहातर्फ आउँदै गर्दा पक्राउ गरिएको हो । उनीहरूको साथबाट लागुऔषध खैरो हिरोईन ३३ ग्राम ५० मिलिग्राम लिसाइलो पदार्थ पक्राउ गरिएको छ ।

 

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रङ्गेली र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरसमेतको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।