बिर्तामोड । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित झापा अर्जुनधाराका तीन जना युवा पक्राउ परेका छन् । उनीहरुको साथबाट २१० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ ।

 

बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा अर्जुनधारा नगरपालिका १ का तीन जना युवालाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा २१ वर्षीय आकाश बिष्ट, २७ वर्षीय टिकाराम दाहाल र २५ वर्षीय चेतन पुलामी मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।