बिर्तामोड । सरकारी सवारी चालक एसोसिएशन नेपाल झापाले बिर्तामोड ५ का दिवंगत राजुमान लिम्बूको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

 

असार २१ गते उपचारका क्रममा निधन भएका बिर्तामोड नगरपालिकाका जेसिभी चालक लिम्बूको परिवारलाई नगद ७० हजार रुपैयाँसहित दाल, चिनी, साबुनलगायत खाद्यन्न सहयोग गरेको हो ।

 

एसोसिएशन झापाका उपाध्यक्ष पवन राजवंशी, महासचिव खेमराज नेपालसहितको टोली दिवंगत लिम्बूको घरमा पुगेर समवेदना प्रकट गर्नुका साथै उनकी श्रीमती रिना लाओती (मगर)लाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

 

एसोसिएशनले बिर्तामोड, दमक, अर्जुनधारा, झापा, गौरादह, मेचीनगर, कमल, भद्रपुर, शिवसताक्षीबाट संकलन गरिएको रकम सहयोग गरीएको संस्थाका महासचिव नेपालले जानकारी दिनुभयो ।