सांकेतिक तस्वीर ।

फिदिम । पाँचथरको हिलिहाङ गाउँपालिका ३ पञ्चमीका सन्तोषकुमार योङहाङको भीरबाट लडेर मृत्यु भएको छ । मङ्गलबार राति ९ बजे स्थानीय भालुखोपको भीरबाट लडेर अचेत अवस्थामा भेटिएका योङहाङको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको हो ।

 

साउन १ गते मध्यान्ह गाउँमा मासु लिन घरबाट हिँडेका योङहाङ साँझ अबेरसम्म घर नफर्केपछि परिवारका सदस्य र छिमेकीले खोजी गर्ने क्रममा भीरबाटबाट लडेर बेहोस भएको अवस्थामा फेला परेका थिए ।

 

स्थानीयले खबर गर्नासाथ उद्धार गरेर अस्पताल ल्याइ पुर्‍याउँदा अस्पतालले तत्काल मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) हेमन्त भण्डारीले जानकारी दिए ।

 

योङहाङको शव बुधबार दिउँसो पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । योङहाङले मदिरा सेवन गरेका कारण भीरदेखि तल खसेको हुनसक्ने प्रहरीको अनुमान छ ।