झापा । बुद्वशान्ति गाँउपालिका वडा नम्बर ४ सट्टाभर्नास्थित लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारे झापाबाट खटीएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको छ ।

 

आइतबार साँझ करिब ७ बजे स्थानीय २५ वर्षीय सम्बर राईलाई शंका लागि चेकचाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर १ ग्राम ५३० मिलिग्राम फेला परेको थियो ।

 

निजसँगै कोठामा रहेका निजका भाइ २३ वर्षीय सुरेन्द्र राईलाई समेत नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।