झापा । तीन दिनअघि लागूऔषधसहित पक्राउ परेर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा रहेका एकजना थुनुवाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर ७ का झकबहादुर खड्का रहेका छन् ।
बिरामी भएर धुलावारीको आम्दा अस्पतालमा भर्ना गरिएका २८ वर्षीय खड्काको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । खड्काको स्वास्थ्यमा असहज भई आम्दा अस्पताल धुलाबारी लगिएको थियो ।
उनलाई उपचारको क्रममा १ः५५ बजे डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । साउन १३ गते बिहान ९ः४५ बजे मेचीनगर ६ स्थित पुरानो मेची पुलमा खड्कासहित मेचीनगर ७ का ३० वर्षीय खडगबहादुर दर्जी पक्राउ परेका थिए ।