झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित बिर्तामोड १० का ३४ वर्षीय विशाल गुरुङ पक्राउ परेका छन् । उनलाई आज दिउँसो १२ः३० बजे प्रहरीले मेचीनगर ६ स्थित पुरानो मेची पुलबाट पक्राउ गरेको हो ।

 

मेची पुलमा खटिएको लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र. १-०१-०१७ प ५८६ नम्बरको स्कुटर चालक गुरुङलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

 

शंका लागेर चेकजाँच गर्दा खैनीको प्याकेटभित्र प्लाष्टिकले पोका पारेर गुरुङले लुकाएर ल्याउँदै गरेको १ ग्राम ३८० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।