झापा । घरमै प्रतिबन्धित लागूऔषध ब्राउनसुगर बिक्री गर्ने झापा शिवसताक्षी ८ रत्न चौक बस्ने २४ वर्षीय फुर्वा तामाङ पक्राउ परेका छन् ।
बिहीबार राति १०ः३० बजे उनलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै घरमा लागूऔषध ब्राउनसुगर बेचबिखन गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले तामाङलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले शरीर खानतलासी लिँदा उनको साथबाट १ ग्राम ५६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।