झापा । बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार रहेका बिर्तामोड ५ का हरि प्रसाई पक्राउ परेका छन् । झापा जिल्ला अदालतको गत असार ५ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा उनलाई दोषी ठहर गरेको थियो ।
अदालतले उनलाई १ महिना कैद र ७ लाख २५ हजार रुपैयाँ जरिवाना तथा पीडित राहत कोषमा २९ हजार क्षतिपूर्ति जम्मा गर्नु पर्ने फैसला सुनाएको थियो । फरार रहेका ५५ वर्षीय प्रसाईलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै जबरजस्ती हाडनाता करणी मुद्दाका फरार प्रतिवादी भद्रपुर ८ बस्ने ४८ वर्षीय खेमराज पोखरेल पनि पक्राउ परेका छन् । जिल्ला अदालतको २०७२ वैशाख २० गतेको फैसला र सर्वोच्च अदालतको २०८० कात्तिक १९ गतेको फैसलाअनुसार उनी दोषी ठहर भएका हुन् ।
जबरजस्ती हाडनाता करणी मुद्दामा उनलाई १० वर्ष कैद र क्षतिपूर्तिवापत ५ लाख रुपैयाँ पीडितलाई भराउनुपर्ने फैसला सुनाइएको थियो । दुवैलाई कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।