शनिश्चरे । नेकपा एमाले अर्जुनधारा नगरपालिका वडा नम्बर ११ को नयाँ नेतृत्व चयन भएको छ । वीरबहादुर राईको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।

 

नवगठित वडा कमिटीका पदाधिकारी तथा सदस्यको आज सपथ ग्रहण तथा पदहस्तान्तरण कार्यक्रम गरियो । गत भदौं १५ गते भएको वडाको दोस्रो अधिवेशनबाट निर्वाचत पदाधिकारी तथा सदस्यलाई निर्वाचन समितिका संयोजक सन्तकुमार राईले सपथ ग्रहण गराएका थिए ।

 

वडा कमिटीको उपाध्यक्षमा नन्दलाल खतिवडा, सचिवमा प्रेमप्रसाद रिमाल, उप-सचिवमा इन्दिरा पोखरेल र कृष्णप्रसाद ओली (किरणसहित २१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका थिए । पार्टी विधानअनुसार अन्य १० जना सदस्य पदमा मनोनित गरिने जनाइएको छ ।

 

कार्यक्रममा एमालेका प्रदेश कमिटी सदस्य सुमन नेम्वाङ, जिल्ला सदस्य खगेन्द्र इङनाम, बिमला मैनाली, अर्जुनधारा नगर अध्यक्ष बिर्ख प्रधान, अध्यक्ष मण्डलका सदस्य भैरव खड्कालगायतको आतिथ्य रहेको थियो ।

 

सोही कार्यक्रममा ८० वर्ष पुगेका पार्टीका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । उनीहरुलाई पार्टीमा रहेर पार्टी गरेको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मान गरिएको जनाइएको छ ।