शनिश्चरे । झापाको शनिश्चरे बजारमा रहेको अर्जुनधारा फिटनेसले शनिबार रक्तदान कार्यक्रम गरेको छ । जिल्लामा रगत अभाव हुन नदिन फिटनेसले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
अर्जुनधारा नगरपालिका ८ नम्बर वडा अध्यक्ष कुमारप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा दुई जना महिलासहित ३० जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी शनिश्चरेका सचिव कमल पोख्रेलले जानकारी दिए ।
रेडक्रस उपशाखा शनिश्चरे र बिर्तामोडको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको हो । फिटनेसले वर्षमा कम्तिमा पनि २ पटक रक्तदान कार्यक्रमको आयोजना गर्ने लक्ष्य लिएको सञ्चालक प्रदिप खड्काले बताए ।