झापा । प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित झापाको बुद्धशान्तिबाट एक जना युवा पक्राउ परेका छन् ।

 

बुद्धशान्ति गाउँपालिका ३ इलाम रोडमा खटिएको प्रहरीको चेकिङमा स्थानीय झिलमिले पुल निवासी २१ वर्षीय निखिल राई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

शनिबार राति अन्दाजी ९ बजे चेकजाँचका क्रममा शंका लागेर खानतलासी लिँदा निखिलको साथबाट प्लाष्टिकसहित ६२० मिलिग्राम र प्लाष्टिकबाहेक ५६० मिलिग्राम फेला परेपछि इलाका प्रहरी कार्यालय धुलाबारीमा आवश्यक अनुसन्धान भईरहेको जनाइएको छ ।