सुनसरी । इटहरी ५ की एक महिला घाँटी रेटिएको अवस्थामा फेला परेकी छन् । इटहरीको शीतल नगर टोलस्थित जनता कलेज दक्षिणपट्टि घर भएकी ३९ वर्षीया निलू रसाइली (रायमाझी) घाँटी रेटिएको अवस्थामा फेला हिजो साँझ फेला परेकी हुन् ।
साँझ ७ः५० बजे घाँटी रेटिएको अवस्थामा फेला परेकी उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषित गरेका छन् ।
उनी आफ्नै घरको कोठामा चक्कुले घाँटी रेटिएको अवस्थामा फेला परेकी थिइन् । चक्कुले घाँटी रेटेर छट्पटिइरहेको अवस्थामा उनकै छोरीले देखेपछि तत्काल उपचारका लागि लगिए पनि उपचार सम्भव नभएको प्रहरीले जनाएको छ ।
आफूले आफैँलाई घाँटी रेटेर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुले पनि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।