झापा । ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले झापाको भद्रपुरबाट भारतीय बाबुछोरालाई पक्राउ गरेको छ ।

 

सोमबार दिउँसो १ः३० बजे भद्रपुर ५ बसपार्कमा रहेको न्यू बान्तवा होटलबाट भारत विहार किसनगञ्ज जिल्ला ठाकुरगञ्ज पंचायत उर्दु कोलोनी ८ बस्ने ३८ वर्षीय जमकोद खान र उनका छोरा १८ वर्षीय आयान खान लागूऔषधसहित पक्राउ परेका हुन् ।

 

उनीहरुको साथबाट प्लास्टिकसहित ५८ ग्राम १० मिलिग्राम ब्राउनसुगर बरामद भएको छ । होटलमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले होटलमा पुगेर बाबुछोराको शरीर तलासी लिएको थियो ।