बिर्तामोड । झापाका विभिन्न स्थानमा रहेका सडकबाट १० जना मानवको उद्दार गरिएको छ । उद्दार यात्रामा खटिएका टोलीले मेचीनगरदेखि शिवसताक्षीका सडक पेटी तथा सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा बसिरहेका मानवको उद्दार गरेको हो ।

 

मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा सुरु भएको अभियानमा उद्दार टोलीले ९ पुरुष र १ महिलासहित १० जना सहयोगापेक्षी मानवको उद्धार गरेको हो ।

 

जसमा मेचीनगरबाट ४ जना, बिर्तामोडबाट २ जना, कनकाईबाट २ जना र शिवसताक्षीबाट २ जनाको उद्धार गरिएको जनाइएको छ । उद्दार गरिएका सडक आश्रित मानवहरूको मानव सेवा आश्रम झापाको बाहुनडाँगी सेवा केन्द्रमा गृह प्रवेश गराइएको छ ।