झापा । पूर्वी नाका काँकडभिट्टाबाट १३ ग्राम ब्राउन सुगरसहित काभ्रेका एक युवक पक्राउ परेका छन् । साविक काभ्रेपलान्चोक भिमखोरीका युवा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार मलद्वारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा काभ्रेपलान्चोकको साविक गाविस भिमखोरी ८ का २६ वर्षीय होमकुमार मैनाली पक्राउ परेका हुन् । उनलाई भारतको पानीट्यांकीबाट नेपाल आउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
शनिबार राति ९ः३० बजे मेचीनगर ६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मैनालीलाई शंका लागेर शरीर तलासी लिँदा मलद्वारमा प्लाष्टिकसहित १४ ग्राम ८५० मिलिग्राम र प्लाष्टिकबाहेक १३ ग्राम ब्राउनसुगर फेला परेको थियो ।
ब्राउन सुगरसहित उनलाई आवश्यक कार्वाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।