झापा । झापाको दमकमा जग्गासम्बन्धी विवादमा दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । दमक ३ मा घडेरीको निहुँमा झडप भएको हो ।

 

झडपमा परी दमक ९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको मृत्यु भएको दमक प्रहरीले जनाएको छ । गम्भीर घाइते निरौलालाई उपचारका लागि आम्दा अस्पताल ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक रामभक्त आचार्यले बताए ।

 

दिउँसो ४ बजे जग्गासम्बन्धी विवाद भएको उनले जानकारी दिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनको भनाइ छ । जग्गासम्बन्धी विवादमा ‘ग्याङ फाइट’ नै भएको दमक ३ का वडाध्यक्ष नवीन बरालले बताए ।