झापा । पूर्वबाट काठमाडौतर्फ जाँदै गरेको रात्रिबसले कमल गाउँपालिकाको केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ ।

 

मृत्यु हुने हजुरबुवा र नातिनी कमल ३ को भएको बताइएको छ । उनीहरुको नाम र थर खुल्न सकेको छैन । सो घटनापछि आक्रोशित स्थानीयहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

 

ठक्कर दिने बसलाई तोडफोड गरिएको छ भने प्रहरी चौकी केर्खामा राखिएको त्यस बसलाई आगजनी गर्ने प्रयास गरिएको बताइएको छ । आक्रोशितहरुले प्रहरी चौकी केर्खामा ढुंगामुढा गरिरहेका छन् । ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।