झापा । मलद्वारभित्र प्रतिबन्धित लागूऔषध ब्राउनसुगर लुकाएर ल्याउने झापा शिवसताक्षीका छबिलाल गुरुङ पक्राउ परेका छन् ।
गएराति ८ः३० बजे काँकडभिट्टाको पुरानो मेची पुलमा भारतको पानीट्यांकीबाट सिटी सफारीमा चढेर आउँदै गरेका शिवसताक्षी ८ का ३८ वर्षीय गुरुङलाई शंकास्पद अवस्थामा फेला पारी प्रहरीले तलासी लिएको थियो ।
खानतलासीका क्रममा मलद्वारभित्र लुकाएर ल्याएको प्लास्टिकसहित ३ ग्राम ९०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको झापा जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।