झापा । मेचीनगर ६ स्थित पुरानो मेची पुलमा भारतबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेको अवस्थामा इलाम फिक्कलका एक युवक प्रतिबन्धित ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सोमबार साँझ अन्दाजी ५ः३० बजे लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले इलाम सूर्योदय नगरपालिका ८ फिक्कलस्थित श्रीअन्तु रोड बस्ने २४ वर्षीय बसन्त राईलाई पक्राउ गरेको हो ।

 

स्थायी ठेगाना पाँचथर फालेलुङ ६ घर भएका राईलाई शंका लागेर चेकजाँच गर्दा निजले प्लाष्टिकमा पोको पारी मलद्वारमा लुकाएर ल्याउँदै गरेको अवस्थामा प्लाष्टिकबाहेक ८ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

 

पक्राउ परेका राईलाई लागुऔषधसहित इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।